काठमाडौं : नेपालमा सोमबार थप ९ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १७ हजार ६ सय २३ पीसीआर परीक्षण र ७८८ एन्टीजेन परीक्षणका क्रममा थप ९ हजार दुई सय ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण एकैदिन १३९ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ८ सय ५९ पुगेको छ ।
त्यस्तै थप चार हजार ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ६ हजार सात सय ९४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ९३ हजार १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा र ४२७ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० वटा पीसीआर परीक्षण गरिएको छ ।