प्रधानमन्त्री ओलीद्वारा कोभिडविरुद्ध नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएन इन्टरनेशनलसँगको अन्तर्वार्तामा उनले सो आग्रह गरेका हुन् । 

उनले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल समेत गरे । कोरोना संक्रमणबाट जोगाउन सरकारले प्रयास गरेको समेत उनले उल्लेख गरे ।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा कोभिड १९ महामारी विरूद्धको लडाइँ नियन्त्रणमै रहेको बताए । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागू गरिएको बताउँदै उनले नेपालको स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले गत महिना राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको बताए ।

प्रदर्शन राजनीतिक भए पनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचेक्रयाइँ भएको स्वीकार गरे । कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.