अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार कार्य : माधव नेपाल

0

काठमाडौं : नेकपा एमालेका नेता माधव कुमार नेपालले बलमिच्याइ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार र अलोकतान्त्रिक कार्य भएको बताएका छन् ।

शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालले जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्‍नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको बताएका हुन् ।

मुलुकमा उत्पन्‍न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्‍ने उनको भनाइ छ । वरिष्ठ नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गरेका छन् ।

‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्‍नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो’ उनले भनेका छन् ‘मुलुकमा उत्पन्‍न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

Leave A Reply

Your email address will not be published.