राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

0

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आजपनि फेरि अर्को अध्यादेश जारी गरेकी छन् । उनले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा जारी गरेकी हुन् ।

राष्ट्रियसभामा रेल्वे सम्बन्धी विधेयक दर्ता भएर पास हुने अन्तिम तयारीमा रहेको अवस्थामा सरकारले अध्यादेश जारी गरेको हो ।

संसदको धिवेक अधिवेशनलाई बिजनेस विहिन बनाएको सरकारले एकपछि अर्को अध्यादेश जारी गरेको छ । बुधबार जारी भएका सात अध्यादेश दोस्रोपटक आएका हुन् ।

Leave A Reply

Your email address will not be published.