नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, थप ३७ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परीक्षणका क्रममा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

हाल नेपालमा ५४ हजार ४१ संक्रिय संक्रमित आइशोलेशनमा र २१२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २५ लाख २१ लाख १६४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.