आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई

0

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई गरिएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गरेको हो ।

आजबाट बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय एक चौथाईमात्र सञ्चालन गर्न दिने र सरकारी कार्यालय पनि एक चौथाई कर्मचारी राखेर सञ्चालन गरिने बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको थियो । त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने बताइएको छ ।

यस्तै, सरकारी कार्यालयलाई पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ । शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई पनि होल्ड गरिने प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.