तुलसीपुरमा पार्किङ गरिएको कारमा तीन बालकको शव फेला

0

दाङ : दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन बालक मृत फेला परेका हुन् । 

उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

बालक मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।  

प्रहरीका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत बालक रहेको पाइएको हो ।  

Leave A Reply

Your email address will not be published.