काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
कोरोना संक्रमण पुष्टिभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।
अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।