निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना कारागार चलान

0

रुपन्देही : रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेको थियो । तीमध्ये ५ जना जरिवाना बुझाएर छुटेका थिए । 

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अवरोध पुर्‍याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको डिएसपी थापाले जानकारी दिए ।

निषेधाज्ञा उल्लंघन गर्ने ७ जना पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना तोकिएको थियो भने एक महिलालाई ६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

Leave A Reply

Your email address will not be published.