चीनले नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने

0

काठमाडौं : कोरोना महामारी नियन्त्रणबारे चीनले मंगलबार नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्चुअल कुराकानी गर्नेछन् ।

पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा खोप मुख्य विषय हुने बताइएको छ ।

नेपालसहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ । चीनले पछिल्लो समयमा महामारी नियन्त्रण्मा खोप क्षेत्रिय सहकार्यमा जोड दिएको छ ।

Leave A Reply

Your email address will not be published.