प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । २०७२ बैशाख १२ गते गएको भूकम्पले धरहरा ढलेको धरहरा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले उदघाटन गरेका हुन् ।
ओलीले धरहराबाट काठमाडौँ उपत्यकाको दृष्यावलोकन गर्नुका साथै २० औँ तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृष्टिसमेत गरेका थिए ।
धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
सर्वसाधारणले भने धरहरा चढ्न अझै आठ महिना कुर्नुपर्नेछ ।