सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वयले लिए शपथ

0

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन् । 

बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । 

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरित नुहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिएका छन् । 

न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेकी थिइन् ।

सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ । तर यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिना प्रधानन्यायाधीश ज.ब.रा.ले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

Leave A Reply

Your email address will not be published.