१४ जिल्लामा विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजाऔं : स्वास्थ्य मन्त्रालय

0

काठमाडौं : कोरोना संक्रमितको संख्या लगातार बढन थालेपछि सरकारले आठ बुँदे अपिल जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको जनाएको छ ।

विज्ञप्तिमा काठमाडौं उपत्यकाका ३ जिल्लासहितका १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद र जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

मन्त्रालयले बन्द गर्नुपर्ने अवस्था रहेको बताउँदै विद्यार्थीहरुलाई विद्यालय नपठाउन अभिभावकसँग अपिल समेत गरेको छ ।

यसैगरी कोरोनालाई फैलिन नदिन सरकारले जारी गरेको सबै मापदण्ड पालना गर्नुका साथै मेरो स्वास्थ्य मेरो जिम्मेवारी भनि बुझिदिएर जिम्मेवार बन्न सबैमा अपिल समेत गरेको छ ।

No photo description available.
May be an image of text
Leave A Reply

Your email address will not be published.