काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।
पछिल्लो समय विद्यार्थीहरुमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको हो ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको छ ।
बिहीबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठीले विद्यालय बन्द गरेर अनलाइन रूपमा कक्षा सञ्चालन गर्नुपर्ने बताए । पढाईलाई कुनै बाधा नहुने गरी आवात जावत मात्रै बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
पछिल्लो समय अन्य देशसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।