पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

0

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान शुरु भएको हो ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

Leave A Reply

Your email address will not be published.