हेलिकप्टर अभावले उद्धारमा कठिनाई

0

सरकारले उद्वार टोलीलाई थप हेलिकप्टर उपलब्ध नगराउँदा अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा भारी हिमपातले फसेका पर्यटकहरुको उद्वार हुन सकेको छैन ।

मनाङको चियापसल(टी सप), हाईक्याम्प र याकखर्कमा केही पदयात्रुहरु अलपत्र परेको जानकारी आएपनि उद्वार गर्न नसकिएको सुरक्षा निकायले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले हिमपातमा फसेका पर्यटकहरुले उद्वारको लागि आग्रह गरेपनि हेलिकप्टर नभएकोले मुकदर्शक भएर बस्नु परेको वताए । ‘सदरमुकाम चामेदेखि दुई दिन टाढाको क्षेत्रमा अझै पदयात्रीहरु अलपत्र परेकोले उद्वार गरिदिन माग भईरहेको छ,’ प्रजिअ लामिछानेले भने ‘हेलिकप्टर माग्दा पनि पाएको छैनौं, कसरी उद्वार गरिदिनु ?’ उनले अहिले मौसम सफा भएकोले उद्वार गर्न सकिने तर बिगि्रएमा थप क्षति हुने जानकारी दिए ।

यसैगरी मुस्ताङमा बिहानैदेखि वेपत्ताको खोजीमा जुटेका सुरक्षाकर्मीले थोराङ्गपासवाट एक नेपाली र एक विदेशी पर्यटकको शव निकालेका छन् । तीमध्ये एक मृतक काभे्रका ३६ वर्षीय सन्तवहादुर तामाङ रहेका प्रहरीले जनाएको छ । विदेशीको सनाखत हुन सकेको छैन । उद्वार टोलीले करिव ५ हजार ४ सय मिटरको उचाई क्षेत्रवाट ९ पर्यटकको शुक्रवार जीवीतै उद्वार गरेको छ । तीमध्ये ६ नेपाली, २ फ्रेन्च र एक भारतीय भएका मुस्ताङ्गका प्रहरी प्रमुख डीएसपी गोविन्दप्रसाद पाठकले जानकारी दिए ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा गत सोमवारदेखि परेको हिमपातमा अहिलेसम्म कम्तिमा ११ विदेशी पर्यटकसहित २९ जनाको मृत्यु भईसकेको छ । २ सय १५ वढिको सुरक्षाकर्मीले उद्वार गरेको छ । उद्वारमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बलको टोली खटिएका छन् ।

साभार: कान्तिपुर दैनिक

 

Leave A Reply

Your email address will not be published.