बाँके नरैनापुरमा आगलागी हुँदा ११५ बढी घर जलेर नष्ट

0

बाँके : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो करिब साढे ३ बजेतिर आगलागी हुँदा एक सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

शनिबार दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो । नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका लिएका हुन् ।

आगोमा जलेर तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । आगलागी पीडितलाई पाल र खानाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

खरले छाएका र आपसमा जोडिएका घर–गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.