प्रधानमन्त्री ओलीद्वारा १६५ वटा सडक सञ्जालको शुभारम्भ

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गरेका छन् ।

बालुवाटारमा आयोजित विशष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले सडक सञ्जालको शुभारम्भ गरेको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक छनोट गरी त्यसको दीर्घकालीन विकास गर्न लागिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको समेत सहभागिता रहेको थियो ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

Leave A Reply

Your email address will not be published.