माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

आजको बैठकमा समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताइएको छ । केही दिनअघि काठमाडौँको प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिने निर्णय केही दिनभित्रै हुने बताएका थिए ।

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष दाहाल समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.