जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखियो

0

काठमाडौं : दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिएको छ ।

दिउँसो २ बजेसम्म जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । नेता जोशीको काठमाडौँको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो ।

फागुन १४ गते मस्तिस्क घात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.