क्रियाशिल सदस्यता वितरण र नवीकरण द्रुत गतिमा अघि बढाउने कांग्रेसको निर्णय

0

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता वितरण र नवीकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ । 

पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशिल सदस्यको भूमिका हुने भएकाले क्रियाशिल सदस्यता वितरण र नवीकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तुत गरेको थियो । जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले जानकारी दिए ।

झण्डै ५ लाख क्रियाशिल सदस्यलाई दोब्बर बनाउने पार्टीको लक्ष्य भएपनि क्रियाशिल सदस्यता वितरण र नवीकरण सुस्त देखिएको उनले बताए । उनले क्रियाशिल सदस्यताको रिपोर्ट बुझाउने मंगलबार अन्तिम दिए भएकाले मंगलबारसम्म उक्त संख्या बढ्न सक्ने जानकारी दिए ।

फरक प्रसंगमा उनले सरकारका विषयमा पदाधिकारी बैठकमा कुनै छलफल नभएको दावी गरे । अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसले सरकारबारे निर्णय नगरेको बताए ।

Leave A Reply

Your email address will not be published.