प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको छलफलमा चन्दले तीन बुँदे सहमतिमा उल्लेखित बन्दी रिहाइबारे जिज्ञासा राखेका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनले बन्दी रिहाइ र तीन बुँदे सहमतिको कार्यान्वयनबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताए ।

दिउँसो १२ बजे भएको भेटावर्तामा चन्दसहित खड्गबहादुर विश्वकर्मा र चलाउने सहभागी थिए ।

फागुनमा २१ गते भएको सहमति अनुसार बन्दी रिहाइ कार्यान्वयन शुरू भइसकेको र प्रक्रिया अनुसार केही समय लाग्ने प्रधानमन्त्रीले जानकारी दिएको चलाउनेले जानकारी दिए । उनले आफ्ना एक सय ४८ जना नेता÷कार्यकर्ता अझै जेलमै रहेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.