माधव नेपालसहित ४ नेतालाई एमालेले माग्यो स्पष्टीकरण

0

काठमाडौं : नेकपा (एमाले)ले माधवकुमार नेपाल सहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

 शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

नेता नेपालका स्वकीय सचिव नितेज पौडेलले पत्र बुझेका छन् । त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ ।

अर्का नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए ।

Leave A Reply

Your email address will not be published.