राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने औपचारिक भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा जलविद्युत, कृषि लगायतका विषयमा सम्झौता हुने भएको छ ।

भ्रमणको समयमा पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही विषय, जलविद्युत, पशुपंक्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालन लगायतका विषयमा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो ।

यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका सिलसिलामा छलफल हुने सरकारको भनाइ छ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ ।

Leave A Reply

Your email address will not be published.