नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख नलिने

0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने भएको छ ।

गत बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

गत शुक्रबार जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए ।

‘सरकारको अफरलाई हामी धन्यवाद दिन चाहन्छौं, उहाँको परिवारले त्यो सहयोग अस्वीकार गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’

फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.