ओलीसँग आत्मसमर्पण गरेको छैन र गर्दिनँ पनि : वामदेव गौतम

0

काठमाडौं : नेकपा (एमाले) का नेता वामदेव गौतमले पार्टी एकताको अभियान जारी रहने बताएका छन् ।

एमाले विवादमा कुनै समूहतर्फ नलागेका गौतम शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए । त्यसपछि गौतम ओली समूहतर्फ लागेको अनुमान गरिएको थियो ।

तर, गौतमले ओलीको कार्यशैली गलत रहेको बताउँदै आफूले ओलीसँग आत्मसमर्पण नगरेको र नगर्ने प्रष्ट्याएका छन् ।

‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्न मिल्दैन । तर उहाँको कार्यशैली गलत छ,’ गौतमले भनेका छन्, ’उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन ।’

उनले चारबुँदे धारणा सार्वजनिक गर्दै फगुन २८ गते ओली समूहले राखेको केन्द्रीय कमिटीको बैठकलाई अस्वीकार गर्दै त्यसले गरेका निर्णय फिर्ता लिनै पर्ने अडान दोहोर्‍याएका छन् ।

उनले पार्टीका नेतालाई उनीहरूको अनुपस्थितिमा कारबाही गर्न निमल्ने पनि बताएका छन् । बालुवाटार बैठकले खनाल–नेपाल समूहका पाँच जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि गौतमको धारणा सार्वजनिक भएको हो ।

No description available.
Leave A Reply

Your email address will not be published.