मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु

0

काठमाडौं : मनाङको नासों गाउँपालिका–४ खोत्रोमा भएको ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकमा सवार एक नाबालकसहित ६ जनाको मृत्यु भएको हो ।

बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा पुगेको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ । दुर्घटनाको कारण अझैसम्म खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.