राष्ट्रपतिकाे आह्वानमा मंगलबार सर्वदलीय बैठक

0

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आह्वान गरेकी छिन् ।

मंगलबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षका साथै पूर्व प्रधानमन्त्रीहरुलाई समेत बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो। संसदमा नयाँ गठबन्धनको सरकार बनाउन विभिन्न दलहरुबीच कसरत भइरहेको बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

Leave A Reply

Your email address will not be published.