यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घट्यो

0

काठमाडौं : कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ ।

विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष एक हजार पाँच सय देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थानले जनाएको छ ।

पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि अहिलेसम्म करिब एक सय मात्रै रहेको छ । विगत वर्षमा ४ सय ५० देखि पाँच सय नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको तथ्यांक छ ।

नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले विगत वर्षमाभन्दा साधुसन्तको संख्या यसपटक ५० प्रतिशतले नै घटेको जनाएको छ ।

साधुसन्तका लागि फागुन २५ गते बेलुकीदेखि पाशुपत क्षेत्रमा भोजन, धुनी र बस्ने व्यवस्था गरिएको छ । फागुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ ।

Leave A Reply

Your email address will not be published.