सरकारले निजी वन सम्बन्धी कानूनलाई किसानमैत्री बनाउँछ : वनमन्त्री आले

0

काठमाडौं : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी वन सम्बन्धी कानूनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।

सोमबार पारिवारिक निजी वन संघको कार्यक्रममा वनमन्त्री आलेले निजी वनसँग सम्बन्धित कानूनी उल्झनका कारण किसानहरुले दुःख पाएको उल्लेख गरे ।

उनले निजी वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण र उपयोग सम्बन्धी कानूनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताए । निजी वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उनको भनाइ थियो ।

यसैगरी वनमन्त्री आलेले सिचाइँ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको जानकारी दिए । यसका लागि सरकारले किसानलाई निःशुल्क जडीबुटी उपलब्ध गराउने पनि उनले बताए ।

मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक निजी वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.