प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक २६ गते बस्ने

0

काठमाडौं : प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

संसदको सातौं अधिवेशन शुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

Leave A Reply

Your email address will not be published.