प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

उनीसँगै उनकी श्रीमति राधिका शाक्यले पनि कोरोनाविरुद्धको खोप लगाएकी छन् । दोस्रो चरणको खोप कार्यक्रम अनुसार उनीहरुले खोप लगाएका हुन् । 

त्यस्तै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि खोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.