३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

0

काठमाडौं : नेपालबाट ३७ वर्षअघि चोरिएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको मूर्ति अमेरिकाका संघीय जाँच आयोग ‘एफबीआई’ उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले नेपालका राजदूत डाक्टर युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

अमेरिकास्थित नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच मूर्ति हस्तान्तरण गरिएको हो । मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पूरा गरी नेपाल ल्याइने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो । सो मूर्ति ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा राखिएको थियो ।

३३ दशमलब ५ इन्च उचाई र १९ दशमलब २५ इन्च चौडाई रहेको वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ ।

मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका पुर्‍याइएको थियो ।

Leave A Reply

Your email address will not be published.