स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाउने निर्णय गरेको छ ।’ बैठकको मिति भने तोकिएको छैन ।

त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफुहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पार्टीको सचिवालय बैठकले निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाउने स्वेच्छाचारी निर्णय गरेको भन्दै सो कुरा मान्य नहुने प्रवक्ता श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.