नक्कली पीडितका नाममा बिल बनाएर आईएलओ सहयोगमा भ्रष्टाचार, छानबिनको प्रकृयामा छौ , एनआरएनए

0

ओम शर्मा , बेल्जियम

गैर आबासीय नेपाली संघले देश देखि बिदेश सम्म बनाएको र सम्मानयुक्त परिचय भनेको संस्थाले अहिले सम्म गरेका परोपकारी अभियानहरु हुन । देशमा भुकम्प जादा होस कि बाढि पहिरो, बिदेश गएका श्रमिकलाई मृत्‍युदंडबाट बचाउन होस् या गरीब बस्तिमा आगलागी हुँदा, एनआरएनएले तत्काल गर्ने सहयोगले यसको इज्जत बढाएको कुरालाई कसैले नकार्न सक्दैन ।

बिदेशिएका नेपालीहरुले पठाएको बिप्रेशन (रेमिटान्स) मा देश चलेको र प्रबासीएका ६० लाख नेपालीहरुको अबिभाबक संस्था भएको भन्दै तीनका नाममा केही ब्यापारिहरुले सिन्डिकेट खडा गरेर फाईदा लिने गरेका भनेर सुनिने गुनासाहरु र सङ्गठन सन्चालनमा बारम्बार देखिने भद्रगोलले यसको चुलिएको लोकप्रियाता र छबि बिग्रदै गरेको अर्को पाटोलाई पनि नकार्न सकिदैन ।

आधुनिक प्रजातान्त्रिक पद्धतीमा चल्ने लिखित दस्ताबेज भएको, असी बढी देशमा शाखाहरु रहेको र नेपाल सरकार, अन्तरराष्ट्रिय दाता एजेन्सीहरुले विश्वाश र भरोसा गरेको संस्था सन्चालन पद्धती भने केही सिन्डिकेटवालाहरुको तजबिजमा निर्भर छ भन्ने उदाहरणको पनि लामै लिस्ट छ ।


केही दिनबाट गैर आबासीय नेपाली समुदायमा अन्तरराष्ट्रिय श्रमिक संगठन (ILO) ले कोभिड पीडित श्रमिकहरुलाई उद्दार गर्नका लागि संघलाई दिएको पाच लाख डलरको दुरुपयोग भएको बिषयले चर्चा पाएको छ । एनआरएनए एनसीसी युएईले यो बिषयलाई छानबिन समिती बनाएर छानबिन गरिरहेको छ भने अन्यमा पनि पारदर्शिताको आवाज उठिरहेको छ ।


गैर आबासीय नेपाली संघको आर्थिक कारोबारको प्रत्याधिकार रहेका संघका कोषाध्यक्ष र सहकोषाध्यक्ष बाहिर राखेर आर्थिक कारोबार हुनु , एनसीसीहरुले पूर्ण जिम्मेवारी नलिएर केही पदाधिकारीहरुको ब्यक्तिगत खाताबाट बजेट बितरण गरिनु , वास्तबिक पीडितले भन्दा धेरै बनावटि पीडित देखाएर डाटा सन्कलन गरिनु र बिदेशबाट फर्केकाहरुलाई थाहै नदीई लगेजको फोटो लिएर आर्थिक सहयोग गरेको कागजात तयार गरिनु, बिमानस्थलमा खटिएका हरेक कर्मचारीलाई हरेक दिन कम्तिमा तीसजनाको विवरण सन्कलन गर्नै पर्ने निर्देशन हुनु लगायतका तथ्यहरु ( प्रोजेक्टमा कार्यरत कर्मचारीको अडियो बयान र दस्ताबेज चारदिशा सँग सुरक्षित छ ) ले परियोजनाको रकम भ्रस्टाचार भएको धेरैको संकालाई पुष्टी गरेका छन ।


यसरी गैर आबासीय नेपाली संघको भावना र मर्म बिपरित आईएलओको शर्त मानेर बजेट लिनु , त्यो पनि संगठनको पूर्ण जिम्मेवारी भन्दा बाहिरबाट परियोजनाको सन्चालन गरिनु र त्यसमा पनि भ्रस्टाचारको गन्ध आउनुले संस्थाको बदनामी हुने र केही पदाधिकारीहरुको सामाजिक जीबन कलंकीत हुने प्रस्ट भैसकेको छ ।

आईएलओको सहयोग पाउनुनै उपलब्धी ठानेको एनआरएनएले संस्थाको महत्ता गरिमा र यसबाट पर्ने असर् साथै खल्तिको पैसा खर्च गरेर दु:ख परेका नेपालीलाई सहयोग गर्ने एनसीसीहरुको भाबनालाई सम्बोधन गर्न चुकेको देखिन्छ ।

आइसीसी दुरदर्शी र पारदर्शी हुन नसकेकोले आफुहरुले निस्वार्थ गरेको आज सम्मको सहयोग माथि खेलबाड गरिएको र बेकारको कलन्कको टिका लाउनु पर्ने आपद आई लागेको एनसिसी साउदी अरबका अध्यक्ष तेज थापाको दुखेसो छ । मध्यपुर्बको जटिल कानुनी प्राबधानको जानकारी गराउदा पनि चोरबाटो प्रयोग गरेर अध्यक्ष र उपाध्यक्षको नाममा रकम दिएको र त्यसको दुरुपयोग् भएकोले समग्र एनसीसी पदाधिकारीहरुको बदनाम भएको एनसीसी युएईका बहुमत पदाधिकारीहरुको भनाई छ । अन्य देशमा पनि वास्तविकता बुझाउन गाह्रो भएको र रकमको पारदर्शिता देखाउन पनि समस्या भएको एनसीसी पदाधिकरी बताउछन ।

एनआरएनए केन्द्रिय कार्यालयका कर्मचारीहरु यो बिषयमा बोल्न विवरण दिन आफुहरु आधीकारिक नभएको भनेर पन्छिने गरेका छन भने, परियोजना निर्देशक राजेन्द्र राउतले यो बिषयमा नबोल्ने भनेको त्यहाका कर्मचारीको भनाइ छ । परियोजना कसरी सन्चालन भएको छ र अनियमितताको कुरो के हो भनेर पत्रकारहरुले जिज्ञाशा राख्दा केही पदाधिकारीहरु वास्तविकता यो हो भनेर जानकारी गराउनुको सट्टा पत्रकारहरु माथि आक्रामक हुने गरेकोले झन आशंका जन्माएको छ ।


सुरुमा आईएलओको पैसा स्वीकार गर्दा नै केही कमजोरी भएको महशुस हुन थालेको आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठको भनाइ छ । कोषाध्यक्षको नाताले यस् बिषयमा आफुलाई धेरै प्रश्न आउने गरेको भए पनि परीयोजनाको सबै जिम्मेवारी उपाध्यक्ष बद्री केसीलाई दिईएकोले आधीकारिक रुपमा जबाफ दिन नसक्ने तर केही गडबड देखिएमा सुन्य सहनशिलता अपनाइने र दोशी उपर कार्यबाही गरेर संगठनको शाख जोगाउन आफुहरु कटिबद्ध रहेको पनि श्रेष्ठले बाचा गर्नु भएको छ ।

केही दिन अघि आईएलओको रकममा अनियमितता भएको खबर बाहिरिए पछि श्रेष्ठ सहित , सचिब आरके शर्मा र महिला सन्योजक भुमा लिम्बु रहेको तीन सदस्यिय छानबिन र अनुगमन समिती बनाएको छ । साथै स्वतन्त्र लेखापरिक्षक नियुक्त गरी छानबिनको जिम्मा दिन सार्वजनिक सुचना जारी गरिएको छ ।

यदि यो बिषयलाई एनआरएनए नित्रित्वले तत्काल सच्याउन सकेन भने बिदेशमा नेपालीहरुको सरकार भनेर चिनिने संगठन छि छि र दुर दुरको अबस्थामा पुग्ने चाँही पक्का छ ।

Leave A Reply

Your email address will not be published.