कांग्रेसले तत्काल नेकपाको कुनै पक्षसँग पनि सहकार्य नगर्ने

0

काठमाडौं : नेपाली कांग्रेसले नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल नेकपाको कुनै पक्षसँग पनि सहकार्य नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकले संसदीय प्रक्रिया आरम्भ भएपछि सत्ता समिकरण लगायतका विषयमा छलफल गरेर निर्णय लिने निष्कर्ष पनि निकालेको छ । संसदीय प्रक्रिया अगाडी नबढी नेपाली कांग्रेसको भूमिका नहुने बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा कांग्रेसले सन्तोष मानेको पनि बताए ।

Leave A Reply

Your email address will not be published.