मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता : बाबुराम भट्टराई

0

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन् ।

उपचारको क्रममा भारतमा रहेका नेता भट्टराईले ट्विट गर्दै फेरि पुरानै कुर्सीको खेल शुरु हुने खतरा रहेकाले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका हुन् ।

नयाँ सरकार गठनको सिलसिलामा सांसद् किनबेच हुनसक्ने भन्दै उनले चिन्ता प्रकट गरेका छन् । फेरि टाउको गन्ती, ज्योतिषीको जोखाना, किनबेचको श्रृंखला चल्न रोक्नका लागि देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि राजनीति फेरि दल र नेताको कोर्टमा पुगेको भन्दै सहमतिका साथ अघि बढनुपर्ने उनको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.