एमाओवादी धर्मनिरपेक्षता कै पक्षमा

0

काठमाडौं, २२ साउन । एकीकृत नेकपा माओवादीले धर्मनिरपेक्षता मै अडान राख्ने भएको छ । एमाओवादीको संसदीय दलको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले ६ या ८ प्रदेशसम्मको संघीयतामा जान सकिने निर्णयसमेत गरेको छ । त्यसैगरी नागरिकताको प्रावधानमा बाबु वा आमाको नाममा नागरिकता दिन सकिने व्यवस्था गर्नुपर्ने माग पनि बैठकले गरेको छ । बैठकले प्रदेशको सीमांकन र नामांकन टुंगो लगाएरमात्र संविधान जारी गर्नुपर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच भइरहेका छलफल र सहमति भएका विषयका बारेमा सभासदहरुलाई जानकारी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.