कांग्रेसकाे पदाधिकारी बैठक बिहीबार बस्ने

0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्बोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

सभापति देउवाका सहयोगी भानु देउवाले विहीबार दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेकाले बुधबार साँझ सम्म काठमाडौं आइपुग्ने भएकाले विहीबारका लागि पदाधिकारी बैठक बोलाइएको पनि उनले बताए ।

कांग्रेस सभापति देउवासँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपालले बुधबार भेटवार्ता गरेका छन् ।

देउवा निवास वुढानिलण्ठमा उनीहरुकाबीचमा भेटवार्ता भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमका विष्यामा तीन नेताहरुले छलफल गरेका हुन् ।

छलफलमा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएपनि ठोस सहमति भने भएको छैन । भेरि छलफल गर्ने भन्दै देउवा निवासबाट प्रचण्ड र नेपाल बाहिरिएका थिए ।

Leave A Reply

Your email address will not be published.