संसद विघटन : सर्वाेच्चकाे फैसला जतिबेला पनि आउनसक्ने

0

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिटमाथिको बहस सकिएसँगै फैसलाको प्रतिक्षा भइरहेको छ । शुक्रबार बहस सकिएको थियो । त्यसपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो । सो समय सकिएसँगै आजदेखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि जुनसुकै बेला फैसला हुन सक्ने बताएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रित भएर बहस सुन्दै आएको थियो।

रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने त्यसपछि एमिकस क्युरीले बसह गरेको थियो ।

Leave A Reply

Your email address will not be published.