प्रचण्ड-माधव समूहले टुुंग्यायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । सो समूहले ६८ जिल्लको अध्यक्ष र सचिव चयन गरेको हो ।

जसअनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लाको नेतृत्व पाएको छ भने पूर्व एमाले पक्षले ३३ जिल्लाको नेतृत्व पाएको छ ।

सो समूहले काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मालाई चयन गरेको छ भने ललितपुर अध्यक्षमा हरिकृष्ण थापा र सचिवमा राजकाजी महर्जनलाई चयन गरेको छ ।

यस्तै चितवन अध्यक्षमा यमबहादुर परियार र सचिवमा कृष्णभक्त पोखरेललाई चयन गरिएको छ भने धादिङ अध्यक्षमा शिवराज कंडेल र सचिवमा धनबहादुर बुर्लाकोटीलाई चयन गरिएको छ ।

आइतबार पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी जारी गरिएको मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेको र ती जिल्लामा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएको छ ।

हेर्नुहोस् सूची :

Leave A Reply

Your email address will not be published.