सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक (विज्ञप्तिसहित)

0

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि आफ्नो पार्टी सकारात्मक रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि विज्ञप्तिमा जनाएका छन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, विज्ञप्तिमा भनिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.