भागरथी हत्या प्रकरण : हत्या आरोपमा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गर्दै

0

बेतडी : बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । १७ वर्षीया भट्टको हत्या आरोपमा प्रहरीले दिनेश भट्टलाई केही दिनअघि पक्राउ गरेको थियो ।

दिनेशले भागरथीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भागरथी स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा र दिनेश सोही विद्यालयमा कक्षा ११ मा अध्ययन गर्थे । उनीहरुबीच दिदीभाइको नातासमेत रहेको बताइएको छ ।

माघ २१ गते विद्यालय गएकी भागरथी माघ २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले भागरथीको बलात्कारपछि हत्या भएको बताए पनि आरोपित किशोरले भने आफूले बलात्कार नगरेको बयान दिएको बताइएको छ ।

बयानमा दिनेशले हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको बयान दिएका छन् । हत्या गरेपछि पनि दिनेश नियमितरुपमा विद्यालय भने गइरहेका थिए ।

भागरथी हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो ।

Leave A Reply

Your email address will not be published.