दलहरुबीच अझै कुरा मिलेन

0

श्रावणभित्रै नयाँ संविधान जारी गर्ने भन्दै नेताहरु दैनिक छलफलमा जुटेपनि विवादका मुख्य विषयहरुमा सहमति जुट्न सकेको छैन । विवादका अझै ९ ओटा विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको विहीबार बसेको बैठकपछि समितिका सभापति डा. बाबुराम भट्टराइले मौलिक हक, धर्मलगायतका विषयमा सहमति भएको तर अन्य ९ ओटा विषयमा कुरा मिल्न बाँकी रहेको बताए ।
उनका अनुसार संविधानको प्रस्तावना, भाषा, प्रदेशहरुको सीमांकन, शासकीय स्वरुप, नागरिकतालगायतका विषयमा सहमति हुन सकेको छैन । संवाद समितिको बैठकपछि शीर्ष नेताहरु सम्मिलित विशेष समितिको बैठक बसेको थियो । तर, बैठक निश्कर्षमा पुग्न सकेन ।
प्रमुख दलहरुबीच बुधबार ६ प्रदेशको संघीय संरचनामा जाने मोटामोटी सहमति भएको बताइएको थियो । तर, सीमांकनमा भने विभिन्न दल र नेताहरुका अडान कायमै रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.