वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले बैशाखमा दुई चरणमा निर्वाचन गर्ने जिल्लाहरुको टुंगो लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको हो ।

बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए । सरकारले निर्वाचत तयारी अघि बढाएपनि यो विषय अदालतमा विचाराधिन रहेको छ ।

त्यस्तै सरकारले माघ ३० गते ल्होसारको पर्वको अवसरमा सार्वजानिक विदा दिने निर्णय पनि गरेको छ । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा मन्त्रीपरिषदले विदा दिने निर्णय गरेको हो । यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिदैछ ।

Leave A Reply

Your email address will not be published.