प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित

0

काठमाडौं : सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।

आइतबार अपराह्न बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री राई पक्षधरले उठेर विरोध जनाएका थिए ।

सत्तापक्षका सांसदहरुले निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने भन्दै विरोध गरका हुन् । उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए ।

सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लागि स्थगित गरिएको हो । बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.