पोल्याण्डमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टले पायो अवार्ड

0

पोल्याण्ड —  गैरआवासीय नेपाली संघ,  पोल्याण्ड, का अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०” अवार्ड प्राप्त गरेको छ । उक्त रेष्टुरेन्ट सन्  २०१८ देखि  संचालन भै रहेको छ  ।

पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा राजधानी वार्सा भन्दा १३५ किलो मिटर दक्षिण पश्चिममा पर्ने भाेएवाेदा उज्कीको सर्वोत्कृष्ट रेस्टुरेन्टको रुपमा  स्नेहाज टच अफ इण्डियालाई पुरष्कृत गरिएको  हाे ।

‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा मैले गौरव महसुस गरेको छु,” सापकाेटाले भने।  “यो सफलता मेरो व्यक्तिगत नभएर सबै नेपाली व्यवसायीहरुको हो।  यो अवार्ड हाम्रो टिमका सबै  सदस्यहरुको मेहनतले  सम्भव भएको हो  ।

 सन्चालक सापकाेटालाई नेपाली व्यवसायी सँघ पाेल्यान्डले जनवरी ३० मा एक कार्यक्रम गरी सम्मानपत्र सहित सम्मान गरेकाे छ । 

Leave A Reply

Your email address will not be published.