निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक गर्न शुरु

0

काठमाडौं : निर्वाचन आयोगले आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न शुरु गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा तोलेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर नामाबली अद्यावधिक गर्न थालिएको हो ।

अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक गर्न थालिएको हो । आयोगले २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न लागेको हो ।

आज मतदाता नामावली प्रकाशित गर्ने तथा माघ १६ देखि १८ सम्म उजुरी आह्वान गर्ने समय तय गरिएको छ । आयोगका अनुसार अघिल्लो निर्वाचनमा भन्दा आगामी निर्वाचनमा ९ लाख बढी मतदात थपिएका छन् । अघिल्लो निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा अहिलले यो संख्या १ करोड ६३ लाख पुगेको छ ।

Leave A Reply

Your email address will not be published.