नेपाल थप २८३ जनामा कोरोना संक्रमण

0

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार ३ सय ८२ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।

काठमाडौं उपत्यकामा १४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौँका एक सय २२, ललितपुरमा १४ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

प्रदेश एकमा सात, प्रदेश दुईमा नौ, बागमतीमा १ सय ८२, गण्डकीमा ४२, लुम्बिनीमा ३० ४ र सुदुरपश्चिममा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २ सय ८६ रहेको छ । तिमध्ये २ हजार ४ सय २१ जना संस्थागत र ८ सय ६५ जना होम आइसोलेसनमा रहेका छन् । आईसीयुमा १३९ र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

पछिल्लो चौबीस घण्टामा २ सय ४६ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६५ हजार ६९ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९८ प्रतिशत रहेको छ ।

हालसम्म २० लाख ५७ हजार ६९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभर एक सय २२ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको हो । संक्रमित पुष्टि भएकामध्ये शुन्य दशमलब आठ पाँच प्रतिशतको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.