नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म २ हजार १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २८५ जना कोरानोमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६४ हजार ८२३ जना कोरोनासंक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ३२ सय ५२ आइशोलेशनमा छन् भने १२२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.